LIVE: एतिहासिक दोस्रो संविधानसभा निर्वाचनका लागि हिजो भएको मतदानको देशैभर मतगणना शुरु

अहिलेसम्म १६ निर्वाचन क्षेत्रमा मत गणना जारी रहेकोमा नेपाली कांग्रेसले ६ नेकपा एमाले ५ स्थानमा अग्रता लिएको छ। एमाओवादी २ स्थानमा अग्रता लिएका छन् । यसैगरी फोरम लोकतान्त्रिक तमलोपा र संघिय सद्भावना र तमलोपा एक-एक स्थानमा अग्रता कायम गरेका छन् ।

काठमाडौं । संविधानसभा निर्वाचनका लागि हिजो भएको मतदानको आज विहान आठ बजेदेखि देशैभर मतगणना शुरु भएको छ ।  सबै क्षेत्रका परिणाम आउन एक सातासम्म लाग्ने अनुमान भएपनि प्रारम्भिक परिणामहरु भने आज दिउँसैबाट आउन थाल्नेछ । सबैजसो जिल्लाका निर्वाचन कार्यालयले आज विहानबाट मात्र मतगणना गर्न लागेका हुन् ।
 
उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर जिल्लामा पनी अहिले विहान आठ बजेबाट मतगणना थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।
 काठमाडौंको मतगणना निर्वाचन कार्यालय रहेको संविधानसभा भवन नयाँ बानेश्वरमा विहान ८ बजेदेखि शुरु भएको छ ।   सुगम जिल्लाका मत पेटिकाहरु सदरमुकाम आइसकेपनि कतिपय दुर्गम जिल्लामा अझैपनि मतपेटिका जिल्ला सदरमुकाम पु