LIVE: देशैभर दोस्रो संविधानसभा निर्वाचन मतगणना जारी, प्रारम्भिक परिणामअनुसार कांग्रेसले अग्रता कायमै


काठमाडौं  –  दोस्रो संविधानसभा निर्वाचनको प्रारम्भिक परिणामअनुसार कांग्रेसले अग्रता कायमै राखेको छ ।

झण्डै १ सय ५० स्थानको पछिल्लो परिणामअनुसार कांग्रेसले ५८ स्थानभन्दा बढीमा अग्रता लिएको छ भने एमालेको ४९ स्थानमा अग्रता लिंदै कांग्रेसलाई पछ्याएको छ । ६८ स्थानसहित एमाओवादीले अग्रता लिएको छ ।
अधिकांश शीर्ष नेताहरुले अग्रता कायमै राखेका छन् । काठमाडौं क्षेत्र नं. १० मा पछि परे पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सिरहा- ५ मा अगाडि छन् ।
कांग्रेस सभापति सुशील कोइराला बाँके- ३ र चितवन- ४ बाट पनि अग्रता लिएका छन् छन् । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं- २ बाट अग्रस्थानमा छन् । नेता नेपाल रौतहट- १ मा दोस्रो स्थानमा छन् ।
काठमाडौं ४ बाट कांग्रेसका गगनकुमार थापा, काठमाडौं ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन् । काठमाडौं ५ बाट एमालेका ईश्वर पोखरेल, काठमाडौं ३ बाट एमालेका रामेश्वर फुयाल, काठमाडौं ७ बाट एमालेकै रामबीर मानन्धरले अग्रता लिएका छन् ।
कांग्रेस नेता शेरबहादुर देउवाले डडेलधुरा र कैलाली- ६ बाट, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले तनहुँ २, आमोदप्रसाद उपाध्यायले मोरङ १ बाट अग्रता लिएका छन् ।
यसैगरी मधेसी जनअधिकार फोरम नेपालले रौतहट २ र मोरङ ४ बाट अग्रता लिएको छ । फोरम लोकतान्त्रिकले ५ स्थानमा र संघीय सदभावना पार्टी, फोरम लोकतान्त्रिक, तमलोपाले एक एक स्थानमा अग्रता लिएका छन् ।  ekantipur