पराजय उन्मुख भएपछि एमाओवादीले मातहतका कमिटीलाई पत्राचार गर्दै जारी मतगणना प्रक्रिया स्थगित गर्न माग

काठमाडौं  – संविधानसभा निर्वाचनमा षड्यन्त्र भएको भन्दै एमाओवादी निर्वाचनबाट पछि हट्न खोजेको छ । अधिकांश क्षेत्रमा एमाओवादी पराजय उन्मुख भएपछि एमाओवादीले मातहतका कमिटीलाई पत्राचार गर्दै प्रक्रिया स्थगित गर्न माग गरेको छ ।
प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ती जारी गर्दै ‘संविधानसभा निर्वाचनमा विभिन्न खाले षड्यन्त्र र चलखेलका कारण नेपाली जनताको अभिमत र अपेक्षाअनुसार जारी मतगणना प्रक्रिया अघि बढेको नदेखिएकोले यो प्रक्रियालाई यही स्थगित गर्न माग गर्ने निर्णय पार्टी केन्द्रीय कार्यालयको बैठकले गरेको’ उल्लेख गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीद्धारा  अस्विकार
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले जारी मतगणनालाई माओवादीको माग अनुसार स्थगन गर्न अस्विकार गरेका छन्।
 
उनले मतगणनालाई पुरा गराएर छाड्ने दृढता समेत व्यक्त गरेका छन्। 
 
बिहान ६ बजे नै पत्रकार सम्मेलन आयोजना गरेर उप्रेतीले भने, ‘मतदाताको जनताको अमूल्य मतको परिणाममा विश्वस्त रहन म सबैलाई आग्रह गर्दछु।’
 
उनले निर्वाचनको पूर्ण परिणाम नआएसम्म संयमता अपनाउन पनि आह्वान गरेको छ। मतगणनाको परिणामको झट्का लागेको माओवादीले बिहान ३ बजेदेखि गणना स्थल छाडेर हिँडेको छ। मतदगणना प्रक्रियामा चलखेल भएको भन्दै उसले स्थगनको माग गरेको छ ।