– प्रेमनारायण आचार्य
एमालेका डा. दुमनसिंह थापाको विजयी पछि सन्धिखर्कमा एमाले कार्यकर्ताहरु । तस्बिर: कमल बन्जाडे, अर्घाखाँची डट्कम
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीबाट निर्बाचन क्षेत्र नम्बर १ बाट एमाओबादीका टोपबहादुर रायमाझी र निर्बाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका दुमनसिंह थापा बिजयी भएका छन ।
निर्बाचन क्षेत्र नम्बर १ मा एकिकृत नेकपा माओबादीका टोपबहादुर रायमाझी ले निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका डा. रामबहादुर बिसीले भन्दा एक हजार ५२ मत बढि ल्याएर बिजयी भएका छन ।
बिजयी टोपबहादुर रायमाझिले १२ हजार ८ सय ८६ मत र नेपाली काग्रेसका डा.रामबहादुर बिसीले ११ हजार २ सय ३४ मत प्राप्त गरेका थिए । एमालेका नरेन्द्रकुमार क्षेत्रीले १० हजार २ सय ४० राष्ट्रिय जनमोर्चाका सन्तबहादुर नेपालीले ३ हजार २ सय ९५ मत प्राप्त गरेका छन ।
निर्बाचन क्षेत्र नम्बर १ मा ३८ हजार ७ सय ८९ मत खसेकोमा १२ सय ६६ मत बदर भएका छन ।
निर्बाचन क्षेत्र नम्बर २ मा काग्रेसकि पुस्पा भुसालाइ पछि पार्दै एमालेका डा. दुमनसिंह थापा बिजयी भएका छन । थापाले १६ हजार ६ सय पचास र भुसालले १४ हजार ३६ मत प्राप्त गरेका छन । एकिकृत माओबादीका बिष्णुहरी शर्माले ६ हजार ८ सय ८२ मत प्राप्त गरेका छन ।
निर्बाचन क्षेत्र नम्बर २ मा ४१हजार ९ सय ८१ मत खसेकोमा १५ सय ८१ मत बदर भएका छन ।
२०६४ सालको संबिधान सभाको निर्बाचनमा निर्बाचन क्षेत्र नम्बर १ बाट टोपबहादुर रायमाझि र निर्बाचन क्षेत्र नम्बर २ बाट पुस्पा भुसाल बिजयी भएका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।