काठमाडौं – दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकामा पुरानै अनुहारको बाहुल्य छ । प्रत्यक्षतर्फ १ सय सिट जित्दा ५६ जना पुरानै नेता आएका छन् भने पहिलो पटक जनताबाट अनुमोदन हुने ४४ जना मात्र छन्।
२०४८ यता लगातार उम्मेदवार बन्दै आएका सुशील कोइराला, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, पदमनारायण चौधरी, अर्जुननरसिंह केसी, रामशरण महत, प्रकाशमान सिंह (०५६ मा राष्ट्रियसभा), फर्मुलाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, बालकृष्ण खाँण (०५१ बाहेक), पूर्णबहादुर खड्का (२०६४ मा समानुपातिक) यसपटकको निर्वाचनमा विजयी भएका छन्।
२०५१ देखि लगातार टिकट पाएका विमलेन्द्र निधि, चन्द्र महर्जन, हृदयराम थानी र एनपी सावद पनि यसपटक विजयी भएका छन् भने ०५६ देखि लगातार उम्मेदवार बनेका महेश आचार्य, नारायण खड्का, मोहनबहादुर बस्नेत, रोमी गौचन (०६४ बाहेक), अर्जुन जोशी, रमेश लेखक (२०६४ मा समानुपातिक) र भीष्म आङ्दम्बेले पनि यसपटक निर्वाचन जितेका छन्।
२०६४ मा सभासद बनेका नरहरि आचार्य, नवीन्द्रराज जोशी, सशांक कोइराला, केशव बुढाथोकी, शेखर कोइराला, ध्यानगोविन्द रञ्जित र रामकृष्ण यादव यसपटक पनि विजयी भए। यीसहित अघिल्लो संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित १५ नेता यसपटक पुनः विजयी भएका छन्। वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, विमलेन्द्र निधि, रामशरण महत, नारायण खड्का, बालकृष्ण खाँड र अर्जुन जोसीले जित दोहो