-बाबु रोका मगर”अपरिचित”
कुनै समय एउटा धेरै गरिब परिवार थियो श्रीमान-श्रीमती दुवै गरिब थिए उनिहरुका दुई वटा बच्चा थिए उनिहरु पनि साह्रै गरीब थिए| घर का सबै नोकर चाकर पनि गरीब थिए घरका माली,ड्राइभर र चौकीदार पनि गरीब नै थिए | घर का चार वटा कुकुर पनि गरीब थिए दुई दिन देखी मासु खाएका थिएनन तीन वटा रात्री बस थिए यिनिहरुका केही दिन देखी मर्मत भएको थिएन घर का एसी,पंखा फ्रिज पनि ठीक सँग चलेको थिएन घरमा तीन महिना देखी रङ बदल्न पाइरहेका थिएनन | एक दिन श्रीमती को पेट दुखेर उपचार को लागि थाइल्यान्ड गएकी थिइन त्यसको केहीदिन पछी फेरी श्रीमान लाई रिङाटा लागेर जापान पुगेका थिए | घर मा सात वटा टि भि मध्य दुई वटा टि भि चल्दैन थियो | दुई वटा कार सात महिना देखी चल्न न पाउदा जङ लागेर त्यतिकै बसेका थिए | घरमा भएको चार वटा बिरालो पनि अती गरीब थिए मोटाएर हिड-डुल गर्न सक्दैन थिए | सबै परिवार लाई घुमाउन भनी सिङापुर गएको यो गरीब परिवार सात महिना भएको थियो हिजो सम्म आएका थिएनन | सबै एकदम धेरै गरीब परिवार थियो | आज भोली हाम्रो देश मा यस्तै गरीबी को चाप बढेको छ | “गरीबी हटाऔ देश बनाऔ”