बाबु रोका मगर “अपरिचित”
असुरकोट-९,जोगिटारी, अर्घाखाँची [हाल नयाँ दिल्ली भारत ]
मेरा साथीभाई किन जान्छौ जापान,कोरिया,साउदी,दुवई
देशै रित्तिएला जस्तो हुन लाग्यो पस्न थाल्यौ प्रदेश सबै |
कोही साथीभाई ५५ डिग्रि को गर्मी मा कोही ० डिग्री को सर्दी मा
कोही चौकीदार को रुपमा कोही इन्डियन आर्मी ब्रिटिश आर्मी को बर्दी मा |
छैन कि क्या हो गरी खाने हाम्रो देश नेपाली धर्ती मा
पल्लाघरे साइलो र कान्छो पनि थापिने रे आर्मी को भर्ती मा |
कयौ साथीभाई खाडी मुलुक पसे धन कमाउने आस मा
सोचे जस्तो कहाँ हुन्थ्यो र कठै फर्किनु पर्यो काठ को बाकस मा |
मुर्छा पर्दै पछारिन्छिन हाम्री चेली क्षेतबिच्छेद लास मा
जिन्दगी नै समाप्त गरी दिन्छन धन कमाउने झुठो आस मा |
बिन्ती गर्छु मेरा प्रिय साथीभाई नजाउ तिमी छोडेर आफ्नो जन्मभूमी लाई
तिमी जस्ता युग पुरुष प्रदेश पसे कस्ले गर्छ यो देश को भलाई? यो देश को भलाई…….?