नेपाली सेनाद्धारा संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधलीमा आफ्नो संलग्नता रहेको आरोपको खण्डन

नेपाली सेनाले संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधलीमा आफ्नो संलग्नता रहेको आरोपको खण्डन गरेको छ। धाँधलीमा सेनाको संलग्नता रहेको एमाओवादीसहितका दलहरुको आशंकालाई सेनाले सेनाको अराजनीतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजी भनेको छ।
सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार विज्ञप्ति जारी गरी उक्त खण्डन गरेको हो।
विज्ञप्तिमा उल्लेख छ:
नेपालको अन्तरिम संविधान २०६३ अनुरुप नेपाल सरकारको वैधानिक निर्णय बमोजिम गत मंसिर ४ गते सम्पन्न भएको संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालन भई,