नवलपरासी । नवलपरासी जिल्लासँग सिमाना जोडिएका भारतसँगका सीमा स्तम्भहरु जीर्ण वन्दै गएका छन् । नेपाल र भारतको सीमा क्षेत्रमा रहेको दश गजामा वर्षौ पहिलेदेखि निर्माण भएका सीमा स्तम्भको मर्मतमा ध्यान नदिंदा सीमा स्तम्भहरु जीर्ण बन्दै गएका हुन् ।
जीर्ण अवस्थामा रहेका ती सीमा स्तम्भहरु समयमै मर्मत नगरिए सीमा स्तम्भ रहेको स्थाननै पहिचान गर्न मुश्किल हुने देखिएको छ । सीमा स्तम्भको मर्मत गर्ने कार्य दुई देशको भएपनि दुवै देशले त्यसतर्फ कुनै चासो नदेखाएको स्थानीयबासी गुनासो छ ।
नेपालतर्फको नवलपरासी र भारततर्फको महाराजगञ्ज जिल्ला अन्र्तगत पर्ने १६ वटा सीमा स्तम्भहरु जीर्ण अवस्थामा रहेका छन् भने केही सीमा स्तम्भ भत्किसकेका छन् ।
बजेट अभावका कारण जीर्ण अवस्थाका सीमा स्तम्भहरु मर्मत गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको तर्क छ ।
भारतको महाराजगञ्ज जिल्लासँग सिमाना जोडिएको नवलपरासीको गेर्मी गाविस ६ को चिमनटोलादेखि पक्लिहवा गाविस ९ सकरदिन गाउँसम्म १३ वटा प्रमुख र ३ वटा सहायक गरी १६ वटा सीमा स्तम्भहरु रहेका छन् । imagechannels