काठमाडौं – राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरेको छ ।
जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र महिला संघकी केन्द्रीय सदस्य मिना पुनलाई सभासद् सिफारिस गरेको हो ।
अध्यक्ष चित्रबहादुर केसीले सिट संख्या कम भएकाले समानुपातिक कोटा पुर्याउन दुई महिना सिफारिस गरेको बताए ।
प्रत्यक्षतर्फ एक सिट पनि नजितेको जनमोर्चाले समानुपातिकमा तीन सिट पाएको थियो ।
केसी र पुन अघिल्लो संविधानसभामा पनि सदस्य थिए । मसाल महामन्त्री मोहनविक्रम सिंह पत्नी पौडेल भने पहिलोपटक संसद् टेक्दैछिन् ।
पहिलो संविधानसभामा जनमोर्चाका एकजना प्रत्यक्षसहित चार सभासद् थिए । EKANTIPUR