नयाँदिल्ली । भारतमा आगामी अप्रिलमा हुने संसदीय निर्वाचन अघि भएको चार वटा राज्य विधान सभा निर्वाचनको मतगणनामा विपक्षी भारतीय जनता पार्टीले अग्रता कायम राखेको छ । राजधानी नयाँदिल्ली, राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा गत साता विधान सभा निर्वाचन भएको थियो ।
मतगणना चार वटै राज्यमा भाजपाले अग्रस्थानमा रहेको छ । दिल्लीमा भाजपालाई नवगठित आमआदमी पार्टी दोस्रो स्थानमा रहेको देखिएको छ । १५ बर्षदेखि दिल्ली सरकारको नेतृत्व गर्दै आएको कांग्रेस पार्टी नराम्रोसंग पराजित हुने संभावना बढेको छ ।
दिल्लीकी मूख्यमन्त्री शीला दीक्षित स्वयं निर्वाचनमा पराजित भएपछि उनले पदत्याग गरेकी छन् । आगामी संसदीय निर्वाचनमा भाजपाले गुजरातका मूख्यमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्दै निर्वाचन अभियान चलाउँदै आएको छ । AGENCIES