मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले संविधानसभा विघटनको मुद्दा उठाउने

काठमाडौं  – मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले संविधानसभा विघटनको मुद्दा उठाउने भएको छ ।
काठमाडौंमा आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले संविधानसभा विघटनको कार्ययोजनालाई दृढतापूर्वक अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ ।
संविधानसभा विघटनसहितका भावी कार्ययोजना समेटिएको अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदन अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई उपलब्ध गराइएको छ ।
बैठकको पहिलो दिन १५ राज्य समितिका ईञ्चार्जहरुले धारणा रिपोर्टिङ गरेका छन् ।
माओवादी प्रवक्त पम्फा भूसालले महाधिवेशनपछिको पार्टी भूमिका तथा संविधानसभा निर्वाचनको समीक्षा गरिने बताइन् । चुनावको विपक्षमा रहेको माओवादीले सक्रिय बहिस्कार गरेको थियो ।
प्रवक्ता भूसालले केन्द्रीय समिति बैठकले आगामी कार्ययोजना तथा सांगठनिक संरचना परिवर्तन गर्ने जानकारी दिइन् । EKANTIPUR