काठमाडौ – नेपालमा दर्ता भएका हवाइजहाजलाई युरोपेली राष्ट्रमा प्रतिबन्ध लगाइएकाले युरोपेली आर्थिक, व्यापार, वाणिज्य तथा उद्योग सङ्घले सोको समाधानका लागि पहल गर्ने जनाएको छ ।
आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सङ्घका अध्यक्ष विनायक शाहले सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरी नेपाललाई युरोपेली राष्ट्रको नकारात्मक सूचीबाट हटाउन हवाई सुरक्षामा भएका प्राविधिक तथा भौतिक कमीकमजोरी सच्याउने प्रतिबद्धताका साथ आग्रह गरिने बताए ।
उनले हवाइ यातायातका क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी रहेको र युरोपेली आयोगको सो निर्णयबाट पर्यटन उद्योगमा समेत नकारात्मक असर पर्ने उल्लेख गरेका छन् ।