काठमाडौं – संविधानसभा निर्वाचनपछि एकीकृत माओवादी फेरि जातीय राज्यको पक्षमा फर्किने भएको छ। निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि आफ्नै नेतृत्वमा विभिन्न १६ साना दललाई सहभागी गर्दै संघीय लोकतान्त्रिक गठबन्धन निर्माण गर्न लागेको एमाओवादी जातीय र क्षेत्रीय पहिचानलाई प्राथमिकता दिँदै जातीय राज्यको पक्षमा फर्किन लागेको हो।
शनिबार मात्रै पेस भएको गठबन्धनको अवधारणामा ‘जातीय र क्षेत्रीय पहिचानलाई पहिलो र सामर्थ्यलाई दोस्रो स्थानमा राखेर संघीय राज्य निर्माण गर्न संघर्ष गर्ने’ उल्लेख छ। एमाओवादी नेतृत्वको गठबन्धनको सोमबार बिहान बस्ने बैठकले यो अवधारणा अनुमोदन गर्ने भएको छ।
एमाओवादीका बर्षमान पुन, संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठ र तराई