वीरेन्द्र केसी
अर्घाखाँची – एमाओवादी नेता टोपबहादुर रायमाझीले सबै दलको साझा सहमतीमा सरकार गठन गरी छिटै संविधान जारी गर्नुको विकल्प नभएको बताएका छन । उनले बहुमतीय प्रणालीमा गए एमाओवादी सडक अँन्दोलन गर्न बाध्य हुने दावी गरे ।
‘काग्रेस एमालेले मात्रै सरकार गठनमा लागेर हुदैन, सबै दललाई समेटनुपर्छ’, वागी गाउंमा विजयी सभालाई सम्बोधन गर्दै पुर्वमन्त्री रायमाझीले भने ‘बहुमती प्रणालीमा सरकार बनाउने र भत्काउने गरेकाले संविधान बनेन, काग्रेस एमालेले अवरोध नगरेको भए पहिले नै संविधान बनिसक्थ्यो ।’
उनले चुनावमा धाधली भएकाले स्वतन्त्र छानविन आयोग गठन गरेर सत्यतथ्य छानविन नगरेसम्म संविधानसभामा नजाने पाटीको अडान रहेको दावी गरे । ०४७ सालको संविधान ब्युताउने षडयन्त्र भैरहेकाले दावी गर्दै परिवर्तनका मुद्धलाई संस्थागत गर्न आफनो पाटी सदनबाट संघर्ष र सडकबाट आन्दोलन जारी राख्ने दावी गरे ।
यसको लागि वैद्य माओवादीको बाटो ठीक नभएपछि परिवर्तनका मुद्धलाई संस्थागत गर्न दुवै माओवादी एक भएर संघर्षमा जाने आन्तरिक तयारी भएको पनि बताए ।
उनले चुनावमा षडयन्त्र गरेर परिवर्तनकारीलाई हराएर संविधानसभा पश्चगामीहरुको थलो बन्नु दुःखद विषय भएको बताए । अर्घाखाँची क्षेत्र नं. १ बाट वियजी भएका रायमाझी दुई सातादेखी धन्यावाद दिन गाउंमा छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।