– प्रेमनारायण आचार्य
महिलाहरु जघन्य हिंसाहरु सहेर बस्न बाध्य भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले लैङ्गकि हिंसा अन्त्य गर्न सब आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए । लैङ्गकि हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको सर्न्दर्भ पारेर महिला तथा बालबालिका कार्यालय अर्घाखाँचीको आयोजना र संयुक्त राष्ट्र जनसङख्या कोषको सहयोगमा जिल्लाको पाली गाविसमा भएको महिला पुरुष वीचको अर्न्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन । वक्ताहरुले महिलाहरुलाई हिंसा गर्ने विरुद्ध बनेको कानून पर्ूण्ा रुपमा कार्यान्वयन हुन नसक्दा पनि उनीहरुले पिडा सहनु परेको धारणा राखे ।
सो कार्यक्रममा वोल्ने महिलाहरुले पुरुषहरुले महिला माथि वढि दमन गरेको गुनासो गरे । ‘पुरुषहरुले जाड, रक्सी खाएर आएर श्रीमतिलाई कुटने गर्छन’, स्थानिय ७० वषिर्य मिना पाण्डेले भनिन, ‘हाम्रो गाउँठाउँमा पनि यो समस्याले महिलहरु पिडित छन’् । कतिपय पुरुषहरुले आफुहरु पनि महिलाहरुबाट पिडित बन्नुपरेको बताए । कोट प्रावि पालीका प्रधानाध्यापक धुव्रराज अर्यालले महिला र पुरुष दुवै हिंसाबाट पिडित भए पनि महिलाहरु पुरुषहरुबाट वढि मात्रामा पिडित हुनु परेको बताए । ‘महिलाहरुलाई यातना दिने दमन गर्ने काम वढि पुरुषहरुले गेरेका छन्’ उनले भने, ‘कतिपय ठाउँमा पुरुषहरु पनि पिडित देखिएका छन’् ।
संयुक्त राष्ट्र जनसङख्या कोषका जिल्ला संयोजक पर्ुण्ा विकले चेतनाको अभावले पनि विभिन्न प्रकारका लैङ्गकि हिंसा हुने गरेकाले चेतनामुलक कार्यक्रमहरु गर्दै जानाले हिंसाका घटनामा कमी आउने बताए । ‘लैङ्गकि हिंसाले समाजमा अझै पनि जरा गाडेको छ’ उनले भन,े ‘महिला र पुरुष दुबैको सक्रियातामा हिंसाका घटनाहरुलाई अन्त्य गर्नुपर्छ’ । मानव अधिकार रक्षक जिल्ला सञ्जालका अध्यक्ष जानका वञ्जाडले महिला माथी भएका गम्भीर प्रकृतिका घटनाहरुलाई पनि सामाजिकि मेलमिलापको तवरले समाधान गर्न खोज्दा महिलाहरुले उचित न्याय पाउन नसकेको बताइन । ‘महिलाहरुलाई दवावमा पारेर जवरजस्ती मिलाउन खोज्ने परिपाटीको अन्त्य नभए सम्म महिला माथीको हिंसा कम हुदैनन्’ उनले भनिन । उनले कतिपय पुरुषहरुले श्रीमतिहरु माथी हिंसा गर्दा त्यसले उनीहरुका बालबालिकाहरुमा समेत मानसिक असर पर्ने गरेको बताइन
महिला तथा बालबालिका कार्यालयका निमित्त महिला विकास अधिकृत बेलकुमारी परियारले लैङ्गकि हिंसा विरुद्धको यस अभियानले पनि हिंसाका घटनामा कमी आउने बताइन । ‘हिंसा पडित आफै अग्रसर नभइकन न्याय पाउने अबस्था छैन’ उनले भनिन, ‘लैङ्गकि हिंसामा पर्ने जो कोहि पनि अन्याय सहेर बस्नु हुदैन’ । उनले समयमा उजुरी गरि पिडकलाई कारवाहीको दायरामा ल्याउन सबै पक्षले सहयोग गर्नुपर्ने औंल्याइन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।