चितवन । नेपाल बार एसोसिएसनको ४१औ राष्ट्रिय कार्यकारिणी परिषदको बैठक १९ बुँदे चितवन घोषणपत्र जारी गर्दै आज सकिएको छ । बैठकले एक वर्षभित्रै संविधान जारी गर्ने गरी काम अघि बढाउन दलहरुलाई आह्वान गरेको छ ।
यस्तै, बैठकले अविलम्ब संविधानसभाको बैठक डाकेर अहिले देखिएका राजनीतिक विवादको समाधान खोज्न पनि दलहरुलाई आग्रह गरेको छ ।
बारले संविधानसभामा कानुन व्यवसायीको उचित प्रतिनिधित्व गराउन माग गर्दै त्यसबाट संविधान लेखनको प्रक्रियामा सहयोग पुग्ने समेत जनाएको छ ।
मन्त्रिपरिषद्बाट मनोनित हुने २६ जना सभासदमा संवैधानिक कानुनका विज्ञहरुलाई स्थान दिनुपर्नेमा जोड दिँदै बारले दलहरुको ध्यानाकर्षण गराएको छ । बारको कार्यकारिणी बैठकमा देशभरबाट एकहजार भन्दा बढी कानुन व्यवसायी सहभागी थिए । imagechanneles