जिविस अर्घाखाँचीको ठेक्कामा ठेकेदार आउन मान्दैनन्

गणेश खनाल 
सन्धिखर्क, अर्घाखाँची  । आन्तरिक आय अन्तर्गत जिल्ला विकास समिती अर्घाखाँचीले आहन गरेको टेण्डरमा काम हुन छाडेको छ । कार्यालयले जिल्लाका पश्चिम भेगमा रहेका खोलामा टेण्डर आहन गरि काम गर्न ठेकेदारलाई दिएपनि ठेकेदारहरु विचमै काम छाडेर भाग्ने गरेका छन् ।
कार्यालयको नियम अनुसार सरकारी दस्तुर तिरेर सम्बन्धित क्षेत्रमा काम गर्न जादॉ स्थानीय केही बोलवालले आफुहरुलाई ५० प्रतिशत कमिसन नदिए काम गर्न नदिने चेतावनी दिएपछि ठेकेदारले विचमै काम छाडेर जाने गरेको श्रोतको भनाई रहेको छ ।
गत वर्ष २५ लाखको रङ्गशिल खोलाका टेण्डर बढी बढाउनमा ४५ लाखमा स्वीकृत भएको थियो, स्थानीय विकास अधिकारी हेमराज भुसालले भने,तर काम गर्दा गदै विचमा अवरोध भएपछि ठेकदारले काम छाडेर हिडे भुसालले विगतको स्मरण गदै बताए ।
अघिल्लो वर्ष काम गर्न नसक्ने भन्दै राप्ती नदी र रङ्गशिल खोलामा ठेकेदार काम छाडेर गए भुसालले जानाकारी दिए । यस वर्ष पनि जिल्लाका आन्तरिक आयका प्रमुख स्रोत वाणगंगा खोला र रङ्गशिल खोलामा दुई पटक सुचना प्रकाशित गर्दा पनि कोही टेण्डर हाल्न आएका छैनन् भुसालले दुख मान्दै भने । आन्तरिक स्रोतको रकम नआउदॉ जिल्लाको विकासमा असर परेको जनाईएको छ । 
अर्घाखॉचीको दक्षिणखॉचीमा स्थानीय बासिन्दाको नाम केहि राजनैतिक दलका बोलवालाहरुले कमिसन विना सरकारी काम केहि गर्ने नदिने सिन्डीकेट जस्तै चलेको छ ।  एक ठेकेदारले नाम नछाप्ने सर्तमा आफुले २० प्रतिसत सम्म दिदॉ पनि काम गर्न नदिएपछि आफुले टेण्डरनै लिन छाडेको बताए । 
जिल्लाका १७ खोलामा हुने टेण्डरमा केहि साना खोलामा काम हुने गरेको भएपनि अन्यमा सधै अवरोध हुने गरेको जनाईएको छ । टेण्डर मध्ये ३५ प्रतिशत स्थानीय गाविसको विकास र अन्य जिल्ला विकास समितीमा  आउने गरेको छ । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु