सहमति नजुटेपछि उच्चस्तरीय राजनीतिक समितिको बैठक निष्कर्षविहीन

एकीकृत माओवादी लगायतका दलको मागमा सहमति नजुटेपछि उच्चस्तरीय राजनीतिक समितिको बैठक विना निष्कर्ष सकिएको छ ।
एकीकृत नेकपा माओवादी लगायतका दलले चुनावमा धाँधली भएको भन्दै छानविनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने तथा नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभा मार्फत निकास खोज्नुपर्ने बताएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
त्यस्तै बैठकमा उच्चस्तरीय राजनीतिक समिति राख्ने या नराख्ने भन्ने विषयमा छलफल भएको मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले बताउनुभयो । उहाँका अनुसार दलहरु नयाँ सरकार गठन नभएसम्म समिति कायम राख्ने सहमति नजिक पुगेका छन ।
समितिको बैठक भोलि फेरि बस्नेछ । यसैबीच सहमतिको सरकार गठनका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
समितिको बैठक सकिए लगत्तै दुई दलका शीर्ष नेताहरुबीच बबरमहलमा रहेको शान्तिकोषको सचिवालयमा छलफल सुरु भएको हो ।
चुनाव भएको एक महिना हुन लाग्दा समेत संविधानसभाको बैठक कहिले बस्छ भन्ने निश्चित भएको छैन । यसले एकवर्षमा संविधान बनाउने दलहरुको प्रतिबद्धतामा आशंका उत्पन्न भएको छ ।