एकीकृत नेकपा माओवादी लगायतका दलले राखेका मागका विषयमा छलफल गर्न आज पनि उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दैछ ।
दिउँसो चारबजे शान्तिकोषको सचिवालय बबरमहलमा मुख्य दलका शीर्ष नेता सहभागि समितिको बैठक बस्न लागेको हो । आजको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेले माग सम्बोधनका विषयमा प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।
माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सबैदल गम्भीर रहेकाले आज सहमति हुने सम्भावना रहेको बताउनुभयो । माओवादी लगायतका दलले चुनावमा धाँधली भएको र त्यसको छानविनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग राखेपछि कांग्रेस एमालेले आज संसदीय समिति बनाउने प्रस्ताव गर्दैछन ।
त्यस्तै यसअघिको संविधानसभामा भएका सहमतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउने कांग्रेस एमालेको प्रस्ताव छ ।