दोलखा बजारस्थित भीमेश्वरको शिलामा आइतबार पसिना आएको छ ।
दिउँसो साढे तीन बजेदेखि मूर्तिमा पसिना आएपछि दर्शनार्थीको घुइँचो लाग्यो । पानीको थोपा मूर्तिबाट निस्किएपछि पसिना आएको विश्वास गरिन्छ । भीमसेनको पसिनालाई अनिष्टको सूचक मानिन्छ । परिवर्तन वा अनिष्ट नहोस् भनेर घण्टासहित सवै प्रकारका बाजाहरु बजाइन्छ ।
पनिालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिकरुपले दर्शन गरिन्छ । पसिना आएपछि राजदरबारलाई हानि पुर्याउने विश्वासस्वरुप पुछिएको कपासलाई पहिले दरबारमा पठाइन्थ्यो । गणतन्त्र आएपछि एकपटक प्रधानमन्त्री कार्यालय पठाइएको थियो भने यसपटक राष्ट्रपतिलाई पठाइने बताइएको छ ।
भीमसेनको पसिना आएको साल बि. सं. १९९० सालमा भूइँचालो आयो भने २०१७ मा चार सहिदलाई फाँसी दिइएको थियो भने २००७ मा प्रजातन्त्र आयो भने २०१३ मा त्रिभूवनको निधन भयो । २०१७ मा पञ्चायत आयो, २०१९ पञ्चायती संविधान, २०२८ महेन्द्रको निधन, २०३६ मा जनमत संग्रह, २०४५ मा भूकम्प गएको थियो ।
२०५७ माघ १ र १५ मा भीमसेनमा पसिना आउँदा त्यसको दुई वर्षपछि दरबार हत्याकाण्ड भयो । ६१ मा पसिना आउँदा ६२/६३ मा गणतन्त्र आयो ।
अब यस् पटक को पसिना ले के परिवर्तन ल्याउछ हेर्न बाँकी छ । – कान्तिपुर