एकीकृत नेकपा माओवादीले समानुपातिकतर्फको उमेद्वारको नाम पठाउने समय थप्न प्रस्ताव गरेको छ ।
आइतबार वसेको उच्चस्तरीय समितिको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई समानुपातिक तर्फको उमेद्वारी छनौट गर्न समय नपुग्ने भन्दै पुस ३ गतेको समयलाई बढाउनुपर्ने प्रस्ताव गर्नुभएको हो ।
प्रचण्डको प्रस्तावपछि कांग्रेस एमाले पनि यस विषयमा सकारात्मक भएको बैठकमा सहभागि काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । समानुपातिकको समय थप्न आग्रह गरेपछि कांग्रेस एमालेका नेताहरुले एकीकृत नेकपा माओवादी स्वतन्त्र आयोग गठनको मागमा लचक हुने संकेत देखिएको दाबी गरेका छन् ।
बैठकमा सहभागी एक नेताले भने