अर्घाखाँचीका सरोकारवाला भन्छन-सरकार होईन संविधान मुख्य विषय

– वीरेन्द्र केसी
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको परिणामले बिद्रोहबाट आएको माओवादी ठुलो दलको हैसियतमा उभियो भने संसदीय व्यवस्थामा रहेका लाकतान्त्रिक दल काग्रेस र एमाले दोस्रो र तेस्रो भए । मधेश आन्दोलनको राप र तापबाट आएका मधेशी दलको स्थानपनि राम्रै रहयो । दुई वर्ष जनतालाई संविधान दिन्छौ भनेर गरेको वाचा दलहरुले चास वर्षम्म पुरा गर्न सकेनन् । 
सरकार फेरिदै जादा चार वर्षा चारवटा प्रधानमन्त्री भए । पहिलो संविधानसभाले संविधान बनाउन नपाउदै अवसान भयो । शासकीय स्वरुप, संघीयता -जातीयता र बहुपहिचान) लगायतमा कुरा मिल्न सकेन । नेताहरु संविधानतिर भन्दा पनि सत्तातिरै केन्द्रित भएकाले संविधान बन्न नसकेको गुनासो आम नागरिकको छ । यसबीचमा दलहरु पछि  हटे र प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भयो । चुनावमा ठुला दलले एक वर्षभत्रैमा संविधान जारी गर्ने वाचा गरेर आफुलाई बहुमत र दुई तिहाई दिन भन्दै जनतासग मत मागे तर मंसिर ४ गते भएको चुनावी परिणाम पहिलेको जस्तै आएन दलको साइज घटबढ भयो । नया सरकार गठनबारे अन्योल नै छ ।
राष्ट्रपती फेर्ने नफेर्ने कुरामा फेरी मत बाझिएको छ भने एमाओवादीले चुनावमा धाधली भएको भन्दै स्वतन्त्र छानविनको माग गरिरहेको छ । यसबीचमा अब दल र नेताले गर्नुपर्ने काम के हो ? भन्ने विषयमा अर्घाखाँचीका सरोकार वालाहरुसंग अर्घाखाँची डट्कम् का वीरेन्द्र केसीले गरेको कुराकानीको आधारमा नेताहरुलाई दिएको संक्षिप्तमा सुझाव जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ । 
      – मोती खनाल
   नागरिक समाज
पहिलो संविधानसभाले संविधान दिन नसक्नुका पछाडी दल सत्तामा लिप्त भएर हो तर पनि अहिले जनताले सरकार भन्दा पनि संविधान छिटो बनोस र त्यसमा पनि दलकै वाचा अनुसार एक वर्षभित्रमा सविधान बनोस भन्ने चाहना छ । निर्वाचन आयोगबाट पूर्णता पाएपछि सरकार बन्ला तर अहिले राष्टपति, उपराष्टपति फेर्ने र प्रधानमन्त्री को बन्ने होडबाजीमा भन्दा पनि नयां संविधान, शान्ति र विकास चाहिएको छ । 
पहिलो संविधानले गरेका उपलब्धीलाई मान्यता दिने र वाकी रहेका मुद्धालाई साझा सहमतीमा टुगो लगाउनुपर्छ ।  जिम्मेवार नेताबाट पनि सकारात्मक कुरा आएको छ त्यसैले संविधान बन्ला भन्ने आशा छ । सबै दल मिलेर र चुनाव बहिष्कार गरेका दललाई पनि समावेश गरेर भरसक साझा विन्दुमा  पुग्नुपर्छ । यस पटक चुनाव निष्पक्ष भएको छ । पुष्पकमल दाहाल अघिल्लो दिन चुनाव निष्पक्ष भयो भनेर धन्यावाद दिनुभयो टिकट गन्दै जादा धाधली भयो भनेर भावनामा बगेर अभिव्यक्ति दिनु अन्तराष्टिय स्तरमै पत्यार लाग्दो होईन । जनताको अभिमतलाई लत्याउने आफुले भने अनुसार भए ठीक तर विपरित भए प्रतिक्रियावादी भन्नु ठीक होईन । एमाओवादीले जनताले दिएको मतलाई अपनान गर्ने र धाधली भयो भनेर अड्को थाप्दै गए अर्को पटक यति सिट पनि आउदैन । यस्तो चुनावलाई धाधली भन्ने हो भने निष्पक्ष के लाई भन्ने एउटाले जित्ने अर्कोले हार्ने त भईहाल्छ नी । अहिले जस्तो पारदर्शी चुनाव पंञ्चायल देखी ०६४ मा पनि भएको थिएन । तुलना गर्ने हो भने विकसित छिमेकी मुलुक भारतमा पनि यति निष्पक्ष र पारदर्शी चुनाव भएको छैन । जनताको मतलाई सबैले स्वीकार गर्नुपर्छ होईन भने जनतालाई र्सार्वभौम किन भन्ने दलले हामी र्सार्वभौम हौ जनता रैती हुन भने भैहाल्यो नी । अब सबैको समक्षदारीमा कानुन संविधान बनाउनुको विकल्प छैन जनता संविधान चाहेका छन अरु मतलब छैन । 
अहिलेको चुनावले जातीय नारा बोक्ने दल जनताको मतबाट पछि परेका छन । नेपाल बहुमतीय भएकाले जातीय कुरा काठमाडौ कै जनताले रुचाएनन नेवा राज्य भन्नेले कति प्रतिशत पायो र  त्यतिको एउटै नेवार जातिको घना वस्ती भएको अरु ठाउ

अन्य समाचारहरु