नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादीले भनेजस्तो चुनावमा धाँधली नभएको भन्दै धाँधली धानविन आयोग नबन्ने बताउनुभएको छ ।
एकीकृत माओवादीले धाँधली भएको भन्दै छानविनका लागि आयोग गठनको माग गरिरहेको बेला एमाले नेता नेपालको यस्तो धारणा आएको हो ।
रौतहटमा बुधबार विहान सञ्चारकर्मीसँगको कुराकानीमा नेता नेपालले एमाओवादीले भने जस्तो समिति नबन्ने भन्दै संसदबाटै छलफल गर्न सकिने बताउनुभयो ।