कांग्रेस कोइरालाद्धारा एमालेलाई बाहिरै छाडेर एमाओवादीसँग मात्रै सहमति हुन लागेको भन्ने समाचारको खण्डन

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमालेलाई बाहिरै छाडेर एमाओवादीसँग मात्रै सहमति हुन लागेको भन्ने समाचारको खण्डन गर्नुभएको छ ।

susil koiralaपार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा नेताहरुले कांग्रेस-एमाओवादी पाँचबुँदे सहमति नजिक भएको समाचारबारे प्रश्न उठाएका थिए ।

बैठकमा सभापति कोइरालाले बुधबार आफू र एमाओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको तर, कुनै सहमति भने नभएको प्रष्ट पार्नुभयो ।