एमाओवादिले संविधान सभा चुनावपछि सार्वजनिक गरेका प्रतिक्रिया र अब अपनाउने रणनीतिप्रति चिनियाँ चासो

चीनले एकीकृत नेकपा माओवादीको रणनीतिबारे चासो राखेको छ ।
एकीकृत माओवादीले संविधान सभा चुनावपछि सार्वजनिक गरेका प्रतिक्रिया र अब अपनाउने रणनीतिका बारेमा चीनले चासो राखेको हो । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईलाई भेटेर नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीले शान्ति र संविधान निर्माणमा एकीकृत माओवादीको धारणा बुझेको हो ।
भेटमा भट्टराईले शान्ति र संविधान आफ्नो पार्टीको मुल उद्देश्य भएको जवाफ दिनुभएको भट्टराईको निजी सचिवालयले जनाएको छ । नेपाल आए लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री आई पिङ नेतृत्वको १४ सदस्यीय टोली राजनीतिक भेटवार्तामा व्यस्त छ ।
चिनियाँ टोलीले यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा माओवादीका शीर्षनेतासंग भेटवार्ता गरिसकेको छ ।