मुख्य राजनीतिक दलहरु बीच उच्च स्तरिय राजनीतिक समिति कायम राख्ने सहमति

मुख्य राजनीतिक दलहरु बीच उच्च स्तरिय राजनीतिक समिति कायम राख्ने सहमति भएको छ ।
मंगलबार बिहान नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीचको छलफलमा उच्चस्तरीय राजनीतिक समिति कायम राख्ने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने चुनावमा भएका धाँधली छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहमतिलाई औपचारिकता दिनका लागि दिउँसो तीन बजे फेरि शान्तिकोषको सचिवालय बबरमहलमा उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्नेछ । 
सोमबारको बैठकमा समिति गठन गर्ने माओवादी प्रस्तावमा कांग्रेस सकारात्मक भएपनि एमालेले अस्विकार गर्दा सहमति हुन सकेको थिएन ।

सूचना : केहि प्राविधिक कारण बस नियमित समाचार प्रकाशनमा आएको अवरोध प्रती क्षमा प्राथी छौ । अब नियमित प्रकाशनका लागि सबै तयारी भएको अवगत गर्दै कुनै पनि प्रकाशन योग्य सामाग्री भए उमाकान्त पाण्डे गाउंले लाई umakantapandey@sandhikharka.com मा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ । प्रमुख सम्पादक – उमाकान्त पाण्डे