तराईमा आन्दोलनकारी तयार पार्दै जेपी गुप्ता ! (विज्ञप्तीसहति)

तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले तराई मधेसका नागरिकको भावना अनुसार संविधान नबन्ने भन्दै आन्दोलनको तयारी गरिरहेको जानकारी दिनुभएको छ ।
अभियानले जनकपुरमा दुईदिनसम्म गरेको केन्द्रीय चिन्तन शिविरले आन्दोलनको तयारी थाल्ने निर्णय गरेलगत्तै गुप्ता सहितका नेताहरु आन्दोलनका लागि तराईका विभिन्न जिल्लामा प्रशिक्षणमा जुटेका छन् । उनीहरुले तराईका जिल्लामा आन्दोलनकारी जमात तयार भैरहेको बताएका छन् ।
गुप्ताले तराई मधेसका नागरिकको अधिकारका लागि आफू भीषण तर अहिंसात्मक आन्दोलन थाल्ने तयारीमा रहेको बताउनुभयो ।
शिविरले गरेको निर्णणको सातौं नम्बरमा