पॉचौ राष्ट्रपति रनिङ्गशिल प्रतियोगिता सन्धिर्खकमा सुरु

गणेश खनाल
 सन्धिर्खक, अर्घाखॉची । पॉचौ राष्ट्रपति रनिङ्गशिल प्रतियोगिता बुधवार देखी सन्धिर्खकमा सुरु भएको छ । अर्घाखॉची क्षेत्र नम्वर २ का सभासद डाक्टर दुमन थापाले आज एक समाहरोका विच खेलको उढ्घाटन गरेका हुन् । उढ्घाटन सत्रमा मन्तव्य राख्दै थापाले जिल्लाको खेदकुद विकासका लागी आफुले विशेश पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । 
जिल्ला खेदकुद विकास समितीका अध्यक्ष हरि प्रसाद भट्टराईको अध्यक्ष्ँता,शिव बेल्वासको सञ्चालन र ज्ञानेन्द्र घिमिरको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा खेदकुद परिषदका केन्द्रिय सदस्य नारायण पौडेल, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक लगाएतले मन्तव्य राख्दै प्रतियोगिताले नव खेलाडीलाई अवसर सिर्जना गरेको बताए । बुधवार देखी सुरु भएको खेल शुक्रवार समापन हुने जनाईएको छ ।
यस्तै आज भएका खेलहरुमा ४ सय मिटर दौडमा छात्रा तर्फ चन्द्र प्रभा मा वी की पुजा खासु प्रथम,सरस्वती उमावीकी अमृता श्रेष्ठ द्धितिय,जनप्रिय उमावीकी कमला के सी तृतिय भएका छन् । छात्र तर्फ शान्ति मावी खिल्जीका कृष्णा थापा प्रथम,सिद्ध नेरामावी मरेङ्ग द्धितिय,लापे मावी जलुकेका मोहन सारु तृतिय भएका छन् । 
२ सय मिटरको छात्र दौड तर्फ गौरीशंखर बोडिङ्ग स्कुलका श्रीराम आले प्रथम,अर्घाखॉची आवासीय उच्च मावीका विष्णु के सी द्धितिय र विद्या विनोद मावीका राजकुमार परियार तृतिय भएको मुख्य रेफ्रि विष्णु खड्कालृे जानाकारी दिए । छात्रा तर्फ सरस्वती उमावी भुसखाता की अमृता श्रेष्ठ प्रथम,किरण मावी खनकी सरिता खनाल द्धितिय,लापेमावीकी सिर्जना कार्की तृतिय भएका छन् । 
यसैगरि १ सय मिटर छात्रा तर्फ कमला मावी पालीकी प्रतिभा पाण्डे प्रथम,सिद्र्धाथ उमावीकी गोमा रेम्गी द्धितिय,भगवति मावी पानडाडाकी मधु सुनार तृतिय भएका छन् । छात्र तर्फ भगवती उमावीका कृष्ण भुसाल प्रथम,गौरीशंकर वोडीङ्गका श्रीराम आले द्धितिय र शान्ति मावी खिल्जीका कृष्णा बहादुर थापा तृतिय भएका छन् । 
यस्तै सटफुट तर्फ गौरी शंकर वोडिङ्गका श्रीराम आले प्रथम,समान अङ्ग भएपछि सिद्र्धाथ उमावीका बसन्त खत्री र जनप्रिय उमावीका शिव बहादुर घम द्धितिय र महेन्द्र विद्या उमावीका गोकर्ण अधिकारी तृतिय भएका छन् । छात्रा तर्फ सुर्य उमावीकी अन्जु थापा प्रथम,सरस्वती उमावीकी अनिसा के सी द्धितिय र विजय उमावीकी श्रजना थापा तृतिय भएको जनाईएको छ । यस्तै लमजम्म तर्फ छात्रा तर्फ सिद्ध मावीकी ज्ञानु मिश्र प्रथम,लापे मावीकी खगिसरा कुमाल द्धितिय र सन्धिर्खक ग्रिन बोडिङ्गकी रितु थापा तृतिय भएको जनाईएको छ । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु