नेकपा मालेले समानुपातिक तर्फका सभासद् छनौट गरेको छ ।
पोलिटब्यूरो बैठकले महासचिव सिपी मैनाली केन्द्रीय सदस्य अईन्द्रसुन्दर नेम्वाङ, शिवचन्द्र चौधरी, कलशा महरा र अखिल नेपाल प्रगतिशील महिला संघका केन्द्रीय सदस्य कमला विश्वकर्मालाई सभासद बनाउने निर्णय गरेको हो ।
शुक्रबार निर्वाचन आयोगमा ५ जनाको नाम बुझाउने नेकपा मालेले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ जना सभासद पाएको मालेले प्रत्यक्ष तर्फ भने एक सिट पनि जितेको छैन ।
मालेको बैठकले कपिलवस्तुका शंकर आचार्य, पर्वतका हरिहर थापालाई केन्द्रीय सदस्य र इन्दु झा, डा. केदारनाथ दाहाल, माधव सरकार, सुशीला पहाडी तथा शुकदेव यादवलाई केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा मनोनयन गरेको छ ।