अर्घाखाँचीको खोला र खोल्साका किनारामा पाइने बैसको अध्ययनले भन्यौ :अरु घास भन्दा बैसको घास खुवाएमा ५० प्रतिसत सम्म दुध बढि आउछ

– प्रेमनारायण आचार्य 
दुहुना भैसीलाइ अरु घास भन्दा बैसको घास खुवाएमा २५ देखि ५० प्रतिसत सम्म दुध बढि दिने एक अध्यनले देखाएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले पोखराले अर्घाखाँचीको खोला र खोल्साका किनारामा पाइने बैस घासको प्रभाब सम्बन्धि अध्यन गरे पछि यो जानकारी खुलेको हो । 
अरु घास भन्दा पोसिलो र  पौष्टिक आहार पनि पाइने भएकाले यो घास भैसीलाइ खुवाउदा दुध बढि आउने अनुसन्धान कर्ता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले पोखराका प्राबिधिक अधिकृत बुद्धिराम आचार्यले बताए । 
जिल्लाका अधिकांस स्थानमा पाइने यो घासलाइ कतै कतै घासको रुपमा प्रयोग गर्दै आए पनि बैसको घास खुवाउदा भैसी बिरामी हुने तथा माटे रोग लाग्छ भन्ने गाँउघरे भनाइका कारण यो घास गाइ भैसीलाइ नदिने प्रचलन रहेको थियो । 
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले पोखराले जिल्ला पशु सेवा कार्यलय अर्घाखाँचीमा कार्यक्रम गरि बैसको घासको बारेमा जानकारी गराए  पछि  जिल्लाका कृषकहरु लाभान्वीत भएका छन । 
कार्यक्रममा पशुपालन तथा घासको बारेमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले पोखराका बरिष्ठ बैज्ञानिक यमुना कुमार श्रेष्ठ, बैज्ञानिक मनोज कुमार शाह, बुद्धि राम आचार्य , जिल्ला पशु सेबा कार्यलय अर्घाखाँचीका प्रमुख डा. रामनारायण मण्डल लगायतले कृषकहरुलाइ जानकारी गराएका थिए । 
पशुपालन र बैसको घासको बारेमा जानकारी पाए आफुहरुलाइ ठुलो राहात मिलेको कृषकहरु भीमलाल आचार्य र देबबहादुर खड्काले बताए । कार्यक्रममा जिल्लाका २५ जना कृषकहरुको सहभागिता रहेको थियो ।  
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु