बाबु रोका मगर”अपरिचित”
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
न गन खोला का ढुङ्गाहरु, बस तिमी आफ्नो लक्ष्य लाई हेर
जो बित्यो बिती सक्यो अब आउने वाला भोली लाई हेर |
प्रत्येक पथ मा आउछन बाधाहरु
हिम्मत ले सबैलाई पार गर
कती छन आफ्नो भबिश्यका सपनाहरु
निज मेहनत बाट साकार गर |
विषधर छ चारैतर्फ अबरोध आउछ कसरी?आँखा खोली हेर
जो बित्यो बिती सक्यो अब आउने वाला भोली हेर |
जीवन झरना को पानी जस्तै
छङ् -छङ् मधुरो धुन मा गाउछ
गतिमान हुँदै ठोकिएर चट्टानहरुमा
बिस्तारै मैदान मा गएर सुस्ताउछ |
कुनै वृक्ष लगाउ छाँया को, भबिश्य को झोली लाई हेर
जो बित्यो बिती सक्यो अब आउने वाला भोली लाई हेर |
जो मान्छे हिड्दा हिड्दै बाटोमा रोकिन्छ
त मात्र केवल उसलाई अध्यारो मिल्छ
जो सधैं लक्ष्य लिएर जागिरहन्छ
उसलाई नै एउटा नयाँ बिहानी मिल्छ |
होस कठिन प्रश्न चाहे जती,तिमी उत्तर एउटा दिमाग खोली हेर
जो बित्यो बिती सक्यो अब आउने वाला भोली हेर |