कफीका बोटहरु सुक्न थाले पछि अर्घाखाँचीका कृषकहरु चिन्तित

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची   ।  सेतो  गवारोको  आक्रमणले  कफीका बोटहरु सुक्दै गएपछि  जिल्लाका  किसानहरु चिन्तित भएका छन् । गवारो लागेर   बोटहरु सुक्दै गए पछि किसानहरु चिन्तित भएका हुन । तिन वर्ष अघि नै गवारो किराले आक्रमण गर्न शुरु गरेको भएपनि अहिले सम्म यो रोगको निवारण गर्न नसकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यहाँ २०३८ साल देखि खेति सुरु गरिदै आएपनि ५७ साल देखि  किसानहरुले  व्यवसायिक रुपमा खेति गर्दै आएका छन् । 
 सुरुमा २२ वटा गाविसमा  विभिन्न समुह मार्फत ११ सय ६५  भन्दा वढि कृषकहरुले  करिव पाँच लाख बोटहरु लगाएका थिए । अहिले  धेरै बोटहरु सुकिसकेका र हरिया बोटमा पनि उत्पादनमा कमि आउँन थाले पछि  कृषकहरु यो खेतीबाट विस्तापित हुने अबस्थामा पुगेको बताउँछन्  । जिल्लामा कफी खेतिको राम्रो संभावना देखे पछि विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले काम गर्दै आए पनि रोग निवारण भने कसैले पहल नगरेको किसानको गुनासो छ  । जिल्ला भरि  पाँच लाख फल दिईरहेका बोटहरु मध्य झन्डै ढाइ लाख बोटहरु मरिसकेको जिल्ला कफी व्यवसाय संघ अर्घाखाँचीका कोषाध्यक्ष पुस्करनाथ वनजाडेले बताए

अन्य समाचारहरु