एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश वलीले जनयूद्धमा आफ्नी छोरीको हत्या गर्ने पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाह आफ्नो स्थानमा समानुपातिक सभासद भएको भन्दै पार्टीलाई निर्णय सच्याउन आग्रह गर्नुभएको छ ।
रिपोर्टर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा वलीले पार्टीले यस्ता गल्ती तत्काल नसच्याए भावी परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।