क्षेत्रीय तथा जिल्ला समितिले सिफारिस नै नगरेका व्यक्तिलाई संविधानसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सभासद बनाएको भन्दै तराई मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ताले जिल्ला कार्यालयको कागजपत्र, टेवल कुर्ची र बोर्ड जलाएका छन् ।
पार्टी अध्यक्ष महन्थ ठाकुर र महामन्त्री तथा पार्टी प्रवत्ता सर्बेन्द्रनाथ शुक्लाले पैसाको आडमा रामकुमारी गडरियालाई समानुपातिक सभासद बनाएको भन्दै पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष अति उल्लाह मुसलमानको नेतृत्वमा पार्टी कार्यकताले जिल्ला कार्यालय रुपन्देहीमा रहेका कागजपत्र, टेवल कुर्ची र बोर्ड जलाएका हुन ।
आक्रोसित कार्यकर्ताले पार्टी कार्यालयमा तालावन्दी समेत गरेका छन ।
रुपन्देहीबाट तमलोपाकोतर्फबाट समानुपातिक सूचीमा अति उल्लाह मुसलमान, सुनिल कुमार दुवे, हरिकुमारी चौधरी, सकुन्तला हरिजन, मधु सिंहको नाम थियो ।
जिल्ला तथा क्षेत्रीय समितिले उहाँहरुलाई सभासद बनाउन सिफारिस गरेको थियो ।