अर्घाखाँचीमा दुइ बर्षपुराना मुद्धा फैसला हुन बाकी छैनन – इन्सेक

– प्रेमनारायण आचार्य 
जिल्ला अदालत अर्घाखाँचीमा दुइ बर्षनाघेका कुनै पनि प्रकारका मुद्धा फैसला हुन बाकि रहेका छैनन । 
इन्सेकले प्रकासन गर्ने नेपाल मानब अधिकार बर्षपुस्तक २०१४ को बाषिर्क समिक्षा प्रतिबेदनमा अर्घाखाँचीमा दुइ बर्षनाघेका कुनै प्रकृतिका मुद्धा बाकी नरहेको जानकारी गराइएको छ । 
अर्घाखाँचीमा यस बर्षघरेलु हिंसाका १५ , लैंगिक हिंसाका १७ , बहुबिबाहका २, बलत्कारको प्रयास १, गोली तथा बिस्फोटन पदार्थबाट १ , बहुबिबाहका  २ घटनाहरु घटेको इन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसालले बताए । त्यसै गरि एक बर्ष आत्म हत्याका ३३ , सवारी साधन आग्जनीका घटना २ र तोडफेडका घटना १ वटा भएका छन । 
२०६९ साउन देखि २०७० असार मसान्त सम्ममा जिल्ला अदालतको फौजदारी मुद्धा तर्फ८६  मुद्धा दर्ता भएकोमा ७६ मुद्धा फैसला भएका छन भने बिभिन्न १०  मुद्धा फैसला हुन बाकी रहेका छन । देवानी तर्फ ७३ मुद्धा दर्ता भएकोमा ३३ मुद्धा फैसला भएका छन भने ४० मुद्धा फैसला हुन बाकि रहेका छन । दुइ बर्षनाघेका कुनै पनि मुद्धा फैसला हुन बाकी रहेका छैनन । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु