अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषदका तत्कालिन कोषाध्यक्ष मनरुप शाहीसहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
शाही सहित नयाँ कर्णाली विकास केन्द्रका अध्यक्ष परेक बहादुर शाही, उपाध्यक्ष अंगबहादुर लामा र कोषाध्यक्ष गोपालबहादुर रावतले भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।
शाहीले समाज कल्याण परिषद कार्य संचालन समितिको निर्णय विपरित नयाँ कर्णाली विकास केन्द्रलाई २५ लाख रुपैया दिने निर्णय गरी रकम समेत उपलब्ध गराएको भन्दै २५ लाख विगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको हो ।
यस्तै नयाँ कर्णाली विकास केन्द्रका अध्यक्ष परेकबहादुर शाही, उपाध्यक्ष अंगबहादुर लामा र कोषाध्यक्ष गोपालबहादुर रावतमाथि सम्झौताको सर्त उल्लंघन गर्दै प्राप्त अधिकारको दुरुपयोग गरी आफूलाई गैरकानूनी लाभ पु