सत्य समाचार सम्प्रशेण गर्दा समेत पत्रकारहरु माथि गम्भिर आरोप

– कृष्ण खनाल
रुपन्देहीमा स्टक रुपमा रहेको नदीजन्य पदार्थ भारत निकासी गर्न पाउन पर्छ भन्दै अवाज उठाइ रहेको नेपाल रोडा ढुंगा व्यासायी सघं रुपन्देहीको क्रियाकलापमा सिर्द्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाले पनि साथ दिएको पाइएको छ ।
विहिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा एक अर्काले साथ दिएको कुरा स्पष्ट भएको हो । स्टकमा रहेको नदीजन्य पदार्थ मुल्याङ भन्दा धेरै देखिएको र अवैध भएको भन्दै रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रम सिंह थापाको असहमतिको बावजुद पनि सिर्द्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाले नेपाल रोडा ढुंगा व्यासायी सघं रुपन्देहीको काखी च्यापेर अगाडि बढेको पत्रकार सम्मेलनमा स्पष्ट भएको हो ।
रुपन्देहीका एसपी थापा प्रकृतिक स्रोत जिल्ला अनुगमन समितीका सदस्य हुन । सदस्यको सहमति बिना नै नदीजन्य पदार्थ निकासी गर्न खोजीरहेको अवस्थामा बुटवलबाट दैनिक नागरिकमा कार्यरत संचारकर्मी शेरबहादुर केसी, अन्नपूर्ण पोष्टमा कार्यरत महेन्द्र थापा र बुटवलबाट प्रकाशित हुने दैनिक पत्रका सम्पदाक डिआर घिमिरेले सत्य तथ्य समाचार सम्प्रेसण गर्दा समेत हावातालमा समाचार सम्प्रेसण गरेको भन्दै सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद शर्माले गम्भिर आरोप लगाएका छन् । 
“बुटवलमा कार्यरत संचारकर्मीहरुले गलत समचार सम्प्रेसण गरे पनि अब भैरहवामा कार्यरत संचारकर्मीहरुले सत्य तथ्य समाचार सम्प्रेशण गर्नुपर्ने अवस्था सिर्जना भएकोे छ”, उनले भने-अब उद्योग वाणिज्य संघले नदीजन्य पदार्थको निकासी गर्न सिधै जिल्ला विकास समिती रुपन्देही आक्रमण गर्ने छ ।
त्यसैगरी सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले भने यहाँको अनुगमन समिती विकास प्रेमी नभई विकास ब्रिहोदी भएको आरोप लागएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै रोडा ढुंगा व्यासायी संघका अध्यक्ष शिवकुमार पठाकले अन्य जिल्लाका व्यासायी र यहाँको अनुगमन समिती बिच आर्थीक चलखेल भएको समेत अरोप लागएका छन् ।