ढाकाबांगको विश्व उच्च माबिमा पुस्तकालय सञ्चालनले खुसियाली

– प्रेमनारायण आचार्य
अर्घाखाँचीको पश्चिमी भेगमा रहेको ढाकाबांग गाविसमा पुस्तकालय सञ्चालनमा आए पछि बिद्यार्थी, स्थानीय बासिन्दा र अभिभावकमा खुसियाली छाएको छ । ढाकाबाग गाविसको पिपलनेटामा रहेको विश्व उच्च माबि का पूर्व बिद्यार्थी पृथ्बी थापाको प्रयासमा पुस्तकालय सञ्चालनमा आएको हो । पुस्तकालयमा बिभिन्न बिषयका २८ सय ९२ थान पुस्तकहरु रहेका छन । 
पुस्तकले नै मानिसको जीबन सैली संगै आनी बानीमा समेत परिबर्तन गर्ने भएकाले र आफुले पढेको बिद्यालयका लागि केहि गरेर देखाउ भन्ने लागेको थियो । ढाकाबांगा गाविसमानै पुस्तकालय थिएन यहाका बिद्यार्थी, युबाहरु र बुढाबुढीहरु प्नि आफुले चाहेको पुस्तकहरु पढ्न पाएका थिएनन पर्ुब बिद्यार्थी समेत रहेका नेपाल पर्यटन खेलकुद संघका अध्यक्ष  थापाले भने । मैलै पुस्तकालय खालेर यो समस्याको समाधान गर्नर्ु पर्छ भनेर ठुलो संर्घष्ाका साथ   बिभिन्न ब्यक्ति, सस्था र पब्लीकेसन संग सहयोग मागि पुस्तकहरु जुटाएको  हु । 
केहि किताबहरु पढ्न मन लाग्यो भने यहा थिएनन हामि हरुलाइ किताब पढ्नत के देख्न पनि समस्या थियो अहिले पुस्तकालय खलुपछि अत्यन्तै खुसि लागेको छ । अबत हामिले पनि चाहेको किताबहरु पढ्न पाइने भयो बिद्यार्थी नेत्र भुसालले भने । 
बिद्यालयमा राम्रो पुस्तकालय खुलेको बताउदै पुस्तकालय खोल्न सहयोग गर्ने र पुस्तक जुटाउन सहयाग गर्ने सबैलाइ धन्यबाद दिदै आगामी दुइ बर्षभित्रमा जिल्लाका सबै उच्च माबि र माबिमा पुस्तकालय खाल्ने जिल्ला शिक्षा कार्यलयको निति रहेको जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले बताए । 
जनमैत्री बहुमुखी क्याम्पसका र्डाईरेक्टर ज्ञानबहादुर मल्लले पुस्तकालय खोल्न आफुले पनि सहयोग गरेको बताउदै पुस्तकालयको बिकासले मानिसको पढ्ने बानीमा बिकास हुने र पढाइले मानिसको ज्ञान सिप र सृजनामा बिकास हुने बताए । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

                               

अन्य समाचारहरु