भारतमा भवन भत्कदा दाङका ५ युवकको ज्यान गयो

भारतको गोवा शहरमा शनिबार घर भत्कदा दाङका पाँच जना युवाको ज्यान गएको छ ।
गोवाको कानाकोना जिल्लामा निर्माणाधीन भवन भत्किदा गोलटाकुरी गाबिस ६ का सीताराम बिक, दिपेश बिक, छन । त्यस्तै वडा नम्बर ७ का दिवाकर ओली तथा ताराबहादुर खड्का र फूलवारी गाविस ३ का डम्बर नेपालीको ज्यान गएको परिवारले जनाएको छ ।
चौकीदारीको काम गर्ने उनीहरु भवन भत्किदा पुरिएका हुन् । उनीहरुसँगै रहेका साथीहरुले फोन गरेर खबर दिएका मृतक सीतारामका बुबा कृष्ण विकले जानकारी दिनुभयो ।