सर्वोच्च अदालतले अबका चुनावमा मत दिन्न भन्ने विकल्प सहितको ब्यवस्था गर्न आदेश दिएको छ ।
न्यायाधीसहरु कल्याण श्रेष्ठ र प्रकाश वस्तीको इजलासले कसैलाई पनि भोट दिन नचाहनेका लागि मतपत्रमा विकल्पको ब्यवस्था गर्न निर्वाचन आयोग लगायत विपक्षीलाई निर्देशनात्मक आदेश दिएको हो ।
गएको सविधानसभाको चुनावमै यस्तो ब्यवस्था गर्न माग गर्दै विकास खड्काले दायर गरेको रिटमा आइतबार फैसला गर्दै सर्वोच्चले अब हुने संसदीय तथा स्थानीय निकायको चुनावमा यस्तो ब्यवस्था गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिनुभयो ।