नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताले राष्ट्रपतिले बैठक बोलाउन लविङ गरेको भन्दै त्यो अशोभनीय भएको बताएका छन् ।
रिपोर्टर्स क्लबले सोमबार गरेको कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले संविधानसभाको बैठक बोलाउने विषयमा राष्ट्रपति डा. रामवरण यादवको सक्रियता बढी भएको भन्दै त्यो सोभनीय नभएको टिप्पणी गर्नुभयो ।
राष्ट्रपतिले दलहरु मिलुन, एक वर्षभित्र संविधान बनाउन भनेर सहमतिको प्रयास गर्नु स्वागतयोग्य भएपनि बढी सक्रिय हुनु राम्रो नहुने एमाले नेता ज्ञवालीको भनाई छ ।