एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले आफ्नो पार्टी सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताउनुभएको छ ।
नेपालका लागि अमेरिकी राजदूत पिटर डव्लु बोडेसंगको भेटमा भट्टराईले एकीकृत माओवादी सरकारमा पनि नजाने र सरकार बनाउने तथा गिराउने खेलमा नलाग्ने बताउनु भयो ।
भट्टराई निवास सानेपामा भएको भेटमा बोडेले संविधान निर्माण प्रकृया र दलहरुबीचको सहकार्यका विषयमा जिज्ञासा राख्नु भएको थियो ।
जवाफमा भट्टराईले आफ्नो पार्टीले छिटोभन्दा छिटो संविधानसभा बोलाएर एक वर्षमा लोकतान्त्रिक संविधान बनाउने र मुलुकको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताउनुभयो ।