नबिर्सौं है (गज़ल)

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
*********
प्रवास मै बसे पनि मेची काली नबिर्सौं है 
स्वर्ग जस्ती मातृभूमि र नेपाली नबिर्सौं है 
तिर्नु पर्छ जननीको भारा हाम्ले जिन्दगीमा 
रस चुस्दै भमरा झैं फूलको डाली नबिर्सौं है 
ढकमक्क लालिगुराँश प्रतिक्षामा बस्लान् सधैँ 
डाँडा,काँडा,पखेरा र देउराली नबिर्सौं है 
हिमालको चोखो मायाँ बोकेकाछन् हृदयमा 
आफ्नो प्यारो नदी नाला खोलाखाली नबिर्सौं है 
सर्वोच्च छन् हाम्रै धर्म,संस्कृति र परम्परा
स्वदेशकै चाड बाड र खुसीयाली नबिर्सौं है