अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । नेपाल नेत्र ज्योति संघका केन्द्रिय अध्यक्ष डा तिर्थप्रसाद मिश्रले सरकारले आखाँ उपचारको क्षेत्रमा बिशेष ध्यान दिन नसकेको बताएका छन । नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीले आयोजना गरेको पश्चिमाञ्चल स्तरीय क्षेत्रीय कार्यशाला गोष्टीमा बोल्दै उनले नेत्र ज्योति संघ गैरसरकारी संस्था भएपनि यसले गैरनाफामूलक किसिमले काम गरेको दावी गरे ।
उनले यस क्षेत्रमा सरकारले पनि लगानी गर्न थालेको भन्दै सरकारको सहयोग रहेमा संघलाई काम गर्न सहज हुने बताए ।