नमुनाको भष्ट्राचार छानविनमा आनाकानी

कृष्ण खनाल
भैरहवा, २२ पुस । नमुना एकिकृत विकास परिषद् भैरहवा विरुद्ध परेको भष्ट्राचार सम्बन्धी मुद्धाको छानविनका लागि अहिले सम्म कुनै पहल थालिएको छैन । भष्टचार सम्बन्धी अख्तिार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा  उजुरी परेको एघार दिन वितीसक्दा पनि क्षेत्रीय कार्यालयले  कुनै पहल नथालेको हो । भष्टचार नियन्त्रणको लागि भन्दै खुलेको अख्तियारले नै छानविन नथालेपछि  सम्बन्धीत कार्यालय(नमुना)बाट कागजपत्र हिनामिना गर्न सक्ने आशंका समेत बढेर गएको छ ।
नमुनाले विभिन्न वाहनामा पुर्व कर्मचारी एव्म  उपचारमा आएका लागु औषध प्रयोग कर्ताबाट नक्कली दुईवटा विल बनाएर ठग्दै आएको प्रमाण सहितको उजुरी पर्दा समेत आयोगबाट छानविनमा ढिलाई भएपछि थप आंशका बढ्दै गएको हो ।
आवश्यक छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टान्सपेरेन्सी ईन्टरनेशन नेपाल (टीआई नेपाल), पारदर्शी नेपाल र राष्ट्यिता सर्तकता केन्द्रमा उजुरी परेको थियो । तर यि संस्थाहरुले अहिले सम्म कुनै पनि कानुनी प्रक्रिया थालेका छैन्न ।
टान्सपरेन्सी ईन्टरनेशन नेपाल, पारदर्शी नेपाल सिद्धार्थनगरमा मिति २०७० साल मंसिर २७ गते उजुरी परेको थियो भने  अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा पुस ११ गते कुरीयर मार्फत उजुरी परेको हो ।
जिल्ला प्रसासान कार्यालय रुपन्देहीमा भष्ट्राचार सम्बन्धी निवेदन दर्ता गर्न खोज्दा निवेदन दर्ता गर्न नमानेपपिछी चार जना स्थानिय व्याक्तिहरुले विभिन्न निकायहरुमा निवेदन दर्ता गरेका थिए । तर अहिले आएर रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले  उजुरी दर्ता गर्ने बताएका छन् । बुटवल टुडे संगको कुराकानीमा उनले भने