राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई पदमुक्त गर्न माग गर्दै रिट दायर गर्नुभएको हो ।
संविधानसभा चुनावपछि नयाँ जनादेश आएकाले दुवैलाई पदमुक्त गर्नुपर्ने र संविधानमा एउटा व्यक्ति दुई पटक राष्ट्रपति र उपराष्ट्रपति हुने व्यवस्था नभएको जिकिर सहित नयाँ चुनावको माग गरिएको छ ।
राष्ट्रपतिको चुनाव गर्ने नगर्ने विषयमा दलहरुबीच विवाद भैरहेका बेला राष्ट्रपतिलाई नै हटाउन माग गर्दै रिट दायर भएको छ ।