वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । जिल्ला मालपोत कार्यालयले जग्गा नामसारी र पासमा रोक लगाएको छ । एक साता देखी रोक लगाएपछि किनबेच र जग्गा पास भएका छैनन् । यसबाट जग्गा व्यावसायी, जग्गा धनी मर्कामा परेका छन ।
भुमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशन भन्दै मालपोत कार्यालयले सदरमुकाम आसपासको सडकमार्ग, सहायक मार्ग र नगर उन्मुख क्षेत्रका घरजग्गा नामसारीको काम रोकिदिएको छ । भुमिसुधारमन्त्रीको कार्यकक्षमा बसेको बैठकको निर्णय भएको भनी मन्त्रालयबाट हामीलाई रोक्न निर्देशन आयो, मालपोत अधिकृत श्यामबहादुर घर्तीले भने, १४ गतेदेखी सदरमुकाम, मुखय र सहायक सडकमा पर्ने जग्गा पास, नामसारीका काम गरेका छैनौं ।