युक्रेनको राजधानी किभमा प्रदर्शनकारी र दंगा प्रहरीबीच हिंसात्मक झडप भएको छ । झडपमा विपक्षी नेता एवं पूर्व मन्त्री युरिए लुत्सेन्कोसहित सयौं घाईते भएका छन् । आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लागेका तीन जना विपक्षी कार्यकर्ता पक्राउ परेपछि विपक्षी प्रदर्शनमा उत्रिएका हुन् ।
पक्राउ परेकालाई सन् २०११ मा सोभियत नेता भ्लादिमिर लेनिनको प्रतिभा ध्वस्त पार्ने गतिविधिमा संलग्न भएको आरोपमा ६ वर्षको जेल सजायँ सुनाइएको छ । प्रहरीले व्यापक दमन गरेको प्रदर्शनकारीको आरोप छ ।
यूरोपियन यूनियनसँग सम्झौता गर्ने निर्णयबाट सरकार पछि हटेको विरोधमा विपक्षी दुई महिनादेखि सडकमा रहेका बेला फेरि अर्को मुद्दा थपिएको छ ।
राष्ट्रपति भिक्टो याङकोभिचले ईयूसँग नभई रुससँग गत महिना सम्झौता गर्नुभएको थियो । युक्रेनमा अहिले सन् २००४ को