अर्घाखाँची-२ बाट चुनाव जितेका एमाले सभासद् दुमन थापाद्धारा बाउन्स चेक बाडेको भन्ने हल्ला निराधार भएको भन्दै सोको खण्डन

अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । नेकपा एमालेका नेता तथा अर्घाखाँची क्षेत्र नं. २  का संविधानसभा निर्वाचनका विजयी उम्मेदवार डा दुमन थापाले आपूmले अरुलाई  बाउन्स चेक दिएको भन्ने हल्ला निराधार  भएको बताएका छन् । उनले आफुमाथि  ठगिको आराप लगाएर चिरित्र हत्या गर्न खोजिएको बताए । 
 रिपोर्टर्स क्लव  अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा  थापाले एक अनलाइन पत्रिकाले  आफुलाई बाउन्स चेक दिएर भुमिगत भएको भन्ने समाचार प्रकाशित गरेको  भन्दै उनले  हुँदै नभएको समाचार लेखेर आफुमाथि गलत आरोप लगाइएको बताए । पत्रकारले सिहि सूचना लिएर मात्र समाचार लेख्नुपर्छ उनले भने, के अधारमा लेखिएको हो मलाई केहि थाहा छैन । उनले आफुलाई पटपटक झुट्टा आरोप लगाएर बदनामित गर्न खोजेको बताए ।
 मैले कस्लाई बाउन्स चेक दिए ? उनले प्रति प्रश्न गर्दै भने,  व्यक्ति  लिएर आउँनुहोस, म जस्तो सुकै कारवाही भोग्न पनि तयार छु ।  उनले झुट्टा समाचार प्रकाशित गर्ने सञ्चारमाध्यम सँग प्रमाण माग्ने बताए । म काठमाडौं गएपछि मैले यस बारेमा खण्डन गर्छु उनले भने । उनले आफ्ना बारेमा गलत प्रचार भएको भन्दै सत्यतथ्य बाहिर ल्याउँन पत्रकारहरुसँग आग्रह गरे । 
राजनीतिक प्रसङ्गगमा उनले सबैले दलको सहमतिविना संविधान जारी नहुने बताए । उनले छिट्टै राष्ट्रिय सहमतिको सरकार गठन गरि संविधान निर्माणमा लाग्नुपर्ने बताए । संविधानसभाको वैठक कस्ले बोलाउँने भन्ने विषयमा सर्वोच्चमा मुद्दा विचाराधिन भएकाले यसमा कसैले विवाद गर्न आवश्यक नरहेको उनले बताए । उनले जिल्लाको विकास निर्माणमा आपूmले अधिकतम प्रयत्न गर्ने बताए । जनताका आवश्यकता परिपूर्ति गर्न मैले मरो तर्फबाट कुनै कसुर पनि बाँकी राख्दैन उनले भने । उनले जिल्लामा पर्यटन व्यवसायको राम्रो संभावना भएको भन्दै पर्यटन व्यवासायलाई अगाडि वढाउँन आफुले पहल थाल्ने बताए  । 
कार्यक्रममा नेकपा एमालेका अञ्चल समन्वय कमिटीका सदस्य रामजीप्रसाद घिमिरे, केन्द्रिय स्कुल विभागका सदस्य बुद्धिबहादुर रायमाझी, जिल्ला सचिव रामबहादुर चौहान, उपसचिव प्रेमनारायण गैरे लगायतका नेताहरुले मन्तव्य राखेका थिए । कार्यक्रम पत्रकार अर्जुन भुसालको स्वागत मन्तव्य, वीरेन्द्र केसीको अध्यक्षता र गणेश खनालको सञ्चालनमा सम्पन्न भएको हो ।  
के थियो समाचार

अर्घाखाँची-२ बाट चुनाव जितेका एमाले सभासद् डा. दुमन थापा चेक बाउन्स भएपछि भूमिगत अवस्थामा भनेर एक समाचार सस्था रातोपाटीले अन्लाईनमा समाचार प्रकासित गरेको छ । उक्त प्रकासित समाचार अनुसार:  
चुनाव जितेपछि सभासद्हरु फूलमाला लगाएर जनताको काममा जुट्नुपर्ने दायित्व हुन्छ । आफूले जितेर आएको क्षेत्रको विकास देखि जनताका सबै समस्यामा सभासद्ले भूमिका खेल्नुपर्ने हुन्छ । संविधान निर्माणको मूल दायित्व त हुने नै भयो । तर, कतिपय सभासद् भने अहिले भूमिगत अवस्थामा छन् । कुरा हो अर्घाखाँची-२ बाट चुनाव जितेका एमाले सभासद् डा. दुमन थापाको । 
अहिले उनलाई खोज्नेहरु जिल्लाबाट काठमाडौं आएर होटलमा बसेका छन् । डा. साव कहाँ छन् ? उनीहरुलाई थाहा छैन । आखिर डाक्टर साव कहाँ बेपत्ता भए त ? रोचक तथ्यहरु फेला परेका छन् । इमान्दार कार्यकर्ताहरुलाई पाखा लगाउादै एक करोड रुपैयाँ माधव नेपाललाई चढाएर सभासद्को टिकट पाएको आरोप थापामाथि लागेको थियो । पार्टी केन्द्रबाट टिकट पाएपछि गाउँ गएका थापाले विकासका नारा र आफ्ना क्षेत्रका सबै युवाहरुलाई अमेरिका लैजाने सपना देखाए चुनाव जितेको चर्चा अहिले अर्घाखाँचीमा छ । त्यति मात्र होइन चुनावभर उनले झन्डै पाँच करोड रुपैयाँ खर्चेका रहेछन् । महँगो चुनाव गरेर धाँधली गरेको आरोप थापामाथि कांग्रेस नेतृ पुष्पा भुसालले लगाउने गरेकी छिन् । यति धेरै रकम खर्च गरेका थापाले चुनावपछि धेरैभन्दा धेरै चेक बाँडे । पेट्रोलपम्पदेखि होटलसम्म, गाउँका महिला समूहदेखि टोल सुधार समितिसम्म, साना-तिना क्लबदेखि अन्य दलका स्थानीय नेताहरुलाई प्रभावित पार्न दिएका चेक बाउन्स भएका छन् । पटक-पटक बैंक जादा पनि चेक बाउन्स भएपछि पीडितहरु काठमाडौं आएका हुन्। सुन्धारास्थित एक होटलमा बसेका एक व्यवसायीले यति धेरै गुनासो गरे उनका दु:खका पहाड नै छन् । 
रात दिन नभनी उनका कार्यकर्तालाई मासु र भात खुवाएा, पाँच लाखको चेक दिएका थिए, बैंक जादा खातामा पैसा नै रहेनछउनले दु:खेसो पोखे, काठमाडौं आउदा पनि उनलाई भेट्टाइन, चुनावभर त नमस्ते गर्दै हिंड्थे, अहिले खोज्दा पनि भेटिन्नन् । अझ अर्को रोचक रहस्य पनि खोले ती पीडित व्यवसायीले । उनका अनुसार उनले पाएको चेक मेगा बैंकको थियो । एक बैंकमा थापा आफैं संचालक समितिमा छन् । आफ्नै बैंकका संचालक समितिका सदस्यको चेक बाउन्स भएपछि जिल्लामा सो बैंकमा कर्मचारीहरु पनि चकित भएका थिए । कर्मचारीहरुले अन्य खातावालको चेक बाउन्स भए कानूनी उपचारमा जान समेत सल्लाह दिन्थे । तर, आफ्ना संचालकबारे केही बोल्दैनथे । कर्मचारीले तपाईंलाई के भन्थे ? ती पीडितले भने, पैसा कम छ, पछि सम्पर्क गर्नुस् न भनेर फिर्ता गराउाथे, बुझ्दै जादा म जस्ता त सयौं पीडित रहेछन्, अब केही उपाय नलागेपछि काठमाडौं आएको हुँ ।
 त्यसो त थापाले ठगी गरेको समाचार वेलावेलामा आउने गरेको छ । उनले केही समय पहिला माओवादीका एक पोलिटव्युरो तहका नेतालाई ठगेको विषय समेत चर्चामा थियो । त्यसो त थापाको गतिविधि पहिला पनि शंकास्पद मानिन्थ्यो । कार्टर सेन्टरको नाममा उनले विभिन्न खालका गतिविधि गर्थे । तर, त्यसको भित्री योजना के हुन्थ्यो भन्ने नेपाली जनतलाई थाहा नै हुँदैनथ्यो । कार्टर सेन्टरमा रहेकै कारण उनले चुनावमा यो विषयलाई समेत बिक्री गरेका रहेछन् भन्ने आरोप छ। एमालेकै एक नेता भन्छन्, चुनावमा समेत थापाजीले मैले कार्टरलाई चिनेको छु, उनी मेरा साथी हुन्, जिल्लाका समस्या केही भए हल गर्दिन्छु भनेका छन् भन्दै गफ दिएका रहेछन् । जति सुकै गफ दिए पनि बाउन्स चेक पीडितले खोज्दा सभासद् थापा भूमिगत हुनुलाई चासोका साथ हेरिएको छ । 
तर, आफू नजिककासँग थापाले अब मन्त्री भइन्छ अनि सबैलाई रकम बुझाइन्छ भन्ने गरेको स्रोतले बतायो ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु